२ पुस २०८२, बुधबार | December 18, 2025

सन्दीप लामिछानेले राष्ट्रिय क्रिकेट टिमबाट लिए नाम फिर्ता



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आगामी क्रिकेट प्रतियोगिता नखेल्ने भन्दै राष्ट्रिय टिमबाट नाम फिर्ता लिएका छन् ।

दशैंको बीचमा नै नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी-२० क्रिकेट श्रृङ्खला आयोजना गरेको छ । कात्तिक १ गतेदेखि १० गतेसम्म चल्ने श्रङ्खलामा नेपाल, यूएई र हङकङबीच प्रतिस्पर्धा हुनेछ ।

सन्दीपले भने उक्त प्रतियोगिता खेल्न नसक्ने भन्दै नाम फिर्ता लिएका हुन् । सन्दीपले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको बताएका छन् ।

उनले आफू आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको पनि बताएका छन् । सन्दीपले अहिले आफूलाई पुनर्जीवन दिन र परिवारलाई समय दिन आवश्यक ठानेको बताएका छन् ।

सन्दीपले पछिल्लोपटक एसियाली खेलकुद (एसियाड)अन्तर्गतका खेलहरु खेलेका थिए ।

नाबालिगमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोग खेपिरहेका सन्दीपविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । बिहीबार (असोज २५ गते)का लागि पेसी भए पनि काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभावको कारण देखाउँदै सुनुवाइ नगरी स्थगित गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ६ : ०२ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल