७ पुस २०८२, सोमबार | December 22, 2025

पाकिस्तानमा आज आम निर्वाचन, ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन



इस्लामावाद । पाकिस्तानमा आज निर्वाचन हुदैँछ । आज हुन लागेको आम निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । पाकिस्तानी अधिकारीहरूका अनुसार यस चुनावमा १२.८५ करोड भन्दा बढी दर्ता मतदाताहरूले मतदान गर्नेछन् ।

‘रेडियो पाकिस्तान’ को समाचार अनुसार मतदाताको सुरक्षा सुनिश्चित गर्न करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा प्रहरी, नागरिक सशस्त्र बल र सशस्त्र बलका कर्मचारीहरू पर्छन् । मतदान बिहीबार बिहान ८ बजेबाट सुरु भई साँझ ५ बजेसम्म चल्नेछ ।

पाकिस्तानको निर्वाचन आयोगका अनुसार कुल १२ करोड ८५ लाख ८५ हजार ७६० जनाले  मतदाता मतदान गर्न योग्य रहेका छन् । राष्ट्रिय सभा सिटका लागि ४ हजार ८०७ पुरुष, ३१२ महिला र दुई तेस्रोलिङ्गी गरी ५ हजार १२१ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

चार प्रदेश सभाका लागि १२ हजार १२३ पुरुष, ५७० महिला र दुई तेस्रोलिङ्गी गरी १२ हजार ६ सय ९५ उम्मेदवार प्रतिस्पर्धामा छन् । पाकिस्तानको निर्वाचन आयोगका एक अधिकारीले भने कि मजिस्ट्रेटको विशेष अधिकार पाएका पीठासीन अधिकारीहरूले पुलिस र सेनाको सुरक्षामा मतदान केन्द्रहरूमा मतदान सामग्री लगेका छन् ।

निर्वाचन आयोगले देशभर ९ लाख ७ हजार ६ सय ७५ मतदान केन्द्र स्थापना गरेको छ, जसमा पुरुषका लागि २५ हजार ३२०, महिलाका लागि २३ हजार ९५२ र अन्य ४१ हजार ४०३ मिश्रित मतदान केन्द्र रहेका छन् ।

निर्वाचन आयोगका अनुसार ४४ हजार मतदान केन्द्र सामान्य छन् भने २९ हजार ९ सय ८५ संवेदनशील र १६ हजार ७६६ अति संवेदनशील भनेर छुटाइएको छ । आतङ्ककारी समूहको आक्रमणको खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ७ : ४८ बजे

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका

सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पार्ने काम कसैले नगरौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट