२५ माघ २०८२, आइतबार | February 8, 2026

मन्त्रिपरिषद् बैठकः दुई आयोगका पदाधिकारी नियुक्ति सिफारिस समिति गठन, संसदको अधिवेशन अन्त्य



काठमाडौं । सरकारले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षसहित सदस्यको नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको सिफारिस गर्न सिफारिस समिति गठन गरिएको उनले जानकारी दिइन् ।

सिफारिस समितिमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगका सदस्य, मानवअधिकारकर्मी, मनोविज्ञानवेत्ता, कानुनविद्, विधिविज्ञान विज्ञ तथा महिला अधिकारकर्मी, समाजशास्त्री, द्वन्द्वविद्, शान्ति प्रक्रियामा संलग्न व्यक्तिमध्येबाट सदस्य रहने व्यवस्था छ ।

बैठकले संसद्को चालु अधिवेशन आगामी वैशाख २ गते मध्यरातदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको मन्त्री शर्माले जानकारी दिइन् । शर्माका अनुसार बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्ले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् । बैठकले संयुक्त राज्य अमेरिकाको ओहायो राज्यका लागि डा दामोदर पौडेललाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ४ : २८ बजे

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको

खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने