२५ माघ २०८२, आइतबार | February 8, 2026

संस्कृति जगेर्ना गर्न ‘संस्कृति रक्षा दौड’



भैरहवा । रुपन्देहीमा नयाँ वर्ष २०८१ को अवसरमा ‘संस्कृति रक्षा दौड’ आयोजना गरिएको छ । भैरहवामा १३ वर्षदेखि नयाँ वर्षमा सो दौड आयोजना गरिँदै आएको छ ।

हिन्दु स्वयम सङ्घ नेपालले सो दौडमा दौडमा गैडहवा गाउँपालिका–८ का उमेश बरई प्रथम भइ रु १५ हजार एक सय पुरस्कार प्राप्त गरे । यस्तै सियारी गाउँपालिका–३ का सन्दीप कुर्मी दोस्रो भइ रु ११ हजार एक सय, सियारी–४ का मनोज केवट तेस्रो भई रु सात हजार एक सय तथा सियारी–१ का दिपक पासी, सोही ठाउँका अरुण चौधरी, रोहिणी–५ का सैफ अलि अन्सारी र शुद्धोधन–४ का ग्रिजेश यादवले रु एक हजार नगदसहित सान्त्वना पुरस्कार पाए । उक्त दौडमा पाँच सयभन्दा बढी व्यतिm सहभागी भएका सङ्घका राष्ट्रिय सङ्घचालक भीम शर्मा आचार्यले जानकारी दिए ।

“नेपालको संस्कृति संसारकै लागि अनुकरणीयण् रहेको छ, यसलाई अनुसरण गर्न विदेशी नागरिक पनि यहाँ आउने गरेका छन्,” उनले भने–“हाम्रो संस्कृतिमा पारिवारिक पद्धति छ, सँगै मिलेर बस्ने संस्कृतिलाई जोगाएर राख्नु हाम्रो दायित्व हो ।” यसकै लागि भैरहवामा संस्कृति रक्षा दौड आयोजना गरिँदै आएको उनको भनाइ छ ।

नेपालमा पश्चिमी संस्कृति हावी हुँदै गएकामा सङ्घ चिन्तित बनेको छ । “हाम्रो संस्कृति, संस्कार र पहिचान मध्येको एउटा विक्रम सम्वत पनि हो, यसको रक्षाका लागि प्रत्येक वर्ष संस्कृति रक्षा दौड आयोजना गर्दैआएका छौँ”, सङ्घचालक आचार्यले भने ।

दौडमा बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी भएका थिए । विद्रोही चोकबाट सुरु भएको दौड बुद्धचोक, कान्छीबजार, पिपरहिया चोक, गल्लामण्डी, मिलनचोक हुँदै पुनः विद्रोही चोकमा समापन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली राष्ट्रिय गीतका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) रहेका थिए । रचनाकार माइलाले राष्ट्रप्रेम महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै अरुको संस्कार संस्कृतिको देखासिखी गर्ने पराम्परा तोडिनुपर्ने बताए ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १ : २१ बजे

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको

खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने