२५ माघ २०८२, आइतबार | February 8, 2026

डढेलो निभाउने प्रयास गर्दा गुल्मीमा एकजनाको ज्यान गयो, एकजना घाइते



गुल्मी । गुल्मीमा डढेलो नियन्त्रणका क्रममा घाईते भएका मध्य एक पुरुषको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका(१ तल्लो पौदिस्थित सल्लाघारिमा लागेको डढेलो निभाउने क्रममा आज (सोमबार) विहान साढे ११ बजेतिर दुई जना घाईते भएका थिए ।

घाइते मध्ये स्थानीय ५८ वर्षीय महले घर्तिको मृत्यु भएको हो । उनको गुल्मी अस्पतालमा उपचारक्रममा दिउँसो करिब ३ बजे चिकित्सकले मृत घोषणा गरेको गुल्मी प्रहरीले जनाएको छ ।

पौदि स्थित सर्बोदय माविको जग्गाको सल्लाघारिमा डढेलो निभाउने क्रममा मृतक घर्तीसहित ५२ वर्षीय स्थानीय रेशम थापा चिप्लिएर करिव १५० मिटर तल खस्दा गम्भीर घाईते भएका थिए । थापाको गुल्मी अस्पतालमा उपचार भईरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ९ : ४२ बजे

प्रदेश अस्पताल दमौलीलाई स्तरोन्नति गर्न जग्गा प्राप्ति

तनहुँ । जिल्ला सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालले स्तरोन्नतिका लागि जग्गा

सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका

टी-२० विश्वकप : भारतले अमेरिकालाई २९ रनले हराउँदै विजयी सुरुवात

काठमाडौं । आइसीसी टी-२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात