४ पुस २०८२, शुक्रबार | December 19, 2025

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ



पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले दूतावासमा कुनै विस्फोटक पदार्थ फेला पारेको भने छैन  ।

शुक्रबार हिरासतमा राखिएका ती संदिग्ध व्यक्तिका बारेमा  फ्रान्सेली अभियोजकहरूले भने, ‘दूतावासको कन्सुलर कार्यालयले एक व्यक्ति गोला बारुद लिएर प्रवेश गरेको रिपोर्ट गरेपछि उनलाइ पक्राउ गरेका थिए ।’

सन् १९६३ मा इरानमा जन्मेका संदिग्धलाई प्रहरीले भित्रबाट ‘हिंसक कारबाहीको धम्कीू दिएको देखिएपछि आफ्नै सहमतिबाट बाहिरिएपछि पक्राउ गरेको एजेन्सी फ्रान्स प्रेस समाचार एजेन्सीले जनाएको छ ।

तर यस घटनामा भने कुनै पनि विस्फोटक पदार्थ भेटिएको छैन, न उनीसँग न त उनको कारमा वा भवनमा नै कतै पनि नभेटिएको अभियोजनकर्ताहरूले जनाएका छन ।

एक प्रहरीका अनुसार ती व्यक्तिलाई बिहान ११ बजे कन्सुलर कार्यालयमा प्रवेश गरेको सिसिटभी फुटेजमा देखिएको थियो, जसमा ग्रेनेड र विस्फोटक भेस्ट लगाएको जस्तो देखिन्थ्यो त्यसपछि प्रहरीले उक्त क्षेत्र घेराबन्दी गरेको थियो ।

उक्त व्यक्ति पछि कार्यालय छाडेर भाग्न खोजे पछि पक्राउ परेका थिए ।

प्रहरी स्रोतका अनुसार गत सेप्टेम्बरमा भएको घटनामा इरानी दूतावास नजिकै आगजनी गर्ने प्रयास गरेको आशंकामा पक्राउ परेका उही व्यक्ति आज पनि अर्को प्रयास गरेको खुलेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ७ : ५३ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ