६ पुस २०८२, आइतबार | December 21, 2025

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला



काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर नहुने बताएका छन् ।

राष्ट्रिय सभाको बैठकमा आज सम्बोधन गर्दै रवि लामिछाने सहकारी ठगि प्रकरणमा जोडिएको देखिइसकेकोले प्रधानमन्त्रीले क्लीनचिट दिएर नहुने बताए ।

लामिछानेमाथि छानबिन नगर्ने सरकारको अडानले सरकार द्वन्दतर्फ जान खोजेको देखिएको टिप्पणी गरेका छन् ।

सिटौलाले रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने कांग्रेसको बटमलाइन भएको बताउदै आफुहरुले आफुहरुले संसदीय छानबिन समिति बनाउन मात्र माग गरेको र राजीनामा नमागेको स्पष्ट गरे ।

उनले महान्यायाधिवक्ताको कार्यलयले क्लिन चिट दिएको भन्दै नेपालको इतिहासमा यसअघि यस्तो नभएको बताए ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : ३८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा