५ पुस २०८२, शनिबार | December 21, 2025

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले अहिलेको सत्ता संगतले आफ्नो विचार र स्वत्व गुमाउनुपर्ने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै कार्कीले ‘अनेक गरिन्छ तर सत्ता जोगाइन्छ’ वालाको संगतले पुर्‍याउने सत्तासम्मन् मात्रै भएको कार्कीले उल्लेख गरेका हुन् ।

रास्वपामा सभापति एवं गृहमन्त्री लामिछानेको एक्लो आलोचकका रूपमा चिनिने कार्कीले आँखा खोल्न आग्रह गरेका छन् ।

उनले भनेका छन्- ‘अनेक गरिन्छ तर सत्ता जोगाइन्छ’ वालाको संगतले पुर्याउने सत्तासम्मन् हो, तर त्यसको मूल्यमा आफ्नो सम्भावना र अरूले आफुप्रति गरेको आशा गुमाउनु पर्छ । ‘म हुन्न भने यो कुर्सी नै भाचिदिन्छु’ वालाको संगतले पुर्याउने ओठेजवाफसम्मन् हो, तर त्यसको मूल्यमा आफ्नो विचार र स्वत्व गुमाउनु पर्छ ।

‘हिजो संसदको रोष्ट्रम घेर्ने क्रममा सांसद टेकबहादुर गुरूङ र ज्ञानेन्द्र बहादुर कार्कीसमेत मिसिएर अहिले सदाचार, पारदर्शीता र कानूनीराज सिकाउँदैछन् । यो दृष्य दुखद मात्र होइन, आँखा खोल्नु पर्ने किसिमको पनि छ । आँखा खोलौँ ।’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १ : ४९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ