१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

आजको मौसम : बागमतीसहित केही प्रदेशमा बिहानैदेखि वर्षा



काठमाडौं । जल तथा मौसम विज्ञन विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । यस्तै बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून् चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेशलगायत बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ ।

आज सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ६ : २८ बजे

इजरायलद्वारा इरानमा हवाइ आक्रमण

काठमाडौं । इरायलले अमेरिकाको समर्थनमा इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेको

योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह

नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका युवा

रवि-बालेन्द्रसहित रास्वपाको काठमाडौं उपत्यकामा प्रचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यका केन्द्रित प्रचार गरेको

बाँकेमा युवा युवतीलाई मतदाता शिक्षा

नेपालगन्ज । फागुन २१ गते हुने ‘प्रतिनिधि सभा सदस्य निर्वाचन

संखुवासभामा बेलीबृज भाँचिँदा ट्रक अरुण नदी किनारमा खस्यो, चालक घाइते

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ नुमबाट मकालु-२ सेदुवातर्फ जाँदै गरेको