६ पुस २०८२, आइतबार | December 21, 2025

टी-२० विश्वकप क्रिकेट : वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई दियो १३६ रनको चुनौती



काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर-८को महत्तवपूर्ण खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १३६ रनको चनौती दिएको छ । पुरै २० ओभर खेल्दै वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा १३५ रन बनाएको हो ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजका लागि रोस्टन चेसले अर्धशतक बनाए । ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा उनले ५२ रन बनाएका हुन् । काइल मेयर्सले ३५ रन जोडे । आन्द्रे रसेल १५ रनमा आउट हुँदा अल्जारी जोसेफले नटआउट ११ रन जोडे। दक्षिण अफ्रिकासामू वेस्ट इन्डिजका अन्य ब्याट्सम्यान टिकेर खेल्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले तीन विकेट हात पारे । चार ओभर बलिङ गरेका उनले २७ रन खर्चिएर तीन विकेट लिएका हुन् । मार्को जेन्सेन, एडेन मार्कराम, केशव महाराज, कागिसो रबाडाले एकएक विकेट हात पारे ।

सुपर-८ को यो प्रतिस्पर्धा आयोजक वेस्ट इन्डिजका लागि सेमिफाइनल प्रवेश गर्ने महत्त्वपूर्ण छ । सुरुमा ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले सेमिफाइनल प्रवेशका लागि प्रभावशाली जित निकाल्नुपर्ने दबाब छ ।

तीन खेलमा दुई अंक बनाएको वेस्ट इन्डिज दक्षिण अफ्रिकासँग पराजित भएमा सेमिफाइनलको ढोका बन्द हुनेछ । यसअघि नै चार अंक बनाएको दक्षिण अफ्रिका भने जितलाई निरन्तता दिँदै सेमिफाइनल प्रवेश गर्न चाहन्छ ।
समूह-२ बाट इंग्ल्यान्ड यसअघि नै विश्वकपको सेमिफाइनल प्रवेश गरिसकेको छ । अर्को आयोजक राष्ट्र अमेरिका भने सुपर ८ का तीन खेल गुमाउँदै सेमिफाइनल दौडबाट बाहिरिसकेको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ८ : ०७ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ