५ पुस २०८२, शनिबार | December 20, 2025

‘निष्ठाको राजनीति गर्न गणेशमान सिंहबाट प्रेरणा लिनुपर्छ’



दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले निष्ठाको राजनीति गर्न गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने बताएकाछन् ।

स्व गणेशमान सिंहको ११०औँ जन्मजयन्तीका अवसरमा आज व्यास नगरपालिका–२ गणेशमान पार्कमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य वाग्लेले लौहपुरुष सिंहले देशका लागि गरेको योगदान सधैँ अमर रहने बताए । सम्भ्रान्त परिवारमा जन्मिएर पनि सुख सयल छाडेर देश र जनताको पक्षमा काम गर्नुभएको कामको सधैँ चर्चा हुने उनले उल्लेख गरे ।

स्व गणेशमानले देश र जनताका लागि गरेको काम सम्झिँदा पनि आङ सिरिङ्ग हुने बताउँदै वाग्लेले गणेशमानलाई सम्झिँदै पार्टीभित्र एकताको खॉचो रहेको बताए। मुलुकमा आउने चुनौतीको सामना गर्न पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गर्दै उनले पार्टीलाई बलियो र सुदृढ बनाउनुको विकल्प नरहेको बताए ।

कार्यक्रममा पार्टी जिल्ला सभापति जितप्रकाश आले, संविधानसभा सदस्य रामचन्द्र पोखरेल लगायतले स्व गणेशमानबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १ : १७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता