१ पुस २०८२, मंगलबार | December 16, 2025

आज पोखरा र विराटनगर, काठमाडौं र जनकपुर भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज बिहिबार दुई खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी एनपीएलमा दुई खेल हुन लागेको हो ।

पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो खेल काठमाडौं गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ ।

विराटनगर र पोखराबीचको प्रतिस्पर्धाबाट एनपीएलबाट बाहिरिने अर्को टोलीको टुंगो लाग्नेछ । यसअघि बुधबार लुम्बिनी लायन्स प्लेअफ नपुग्ने निश्चित भइसकेको छ ।

४ खेल खेलिसकेका पोखरा र विराटनगरले समान एकरएक खेलमा जित निकालेका छन् । प्लेअफको सम्भावना कायम राख्न दुवै टोलीलाई जित आवश्यक छ । यी दुवै टोलीसँग समान चार खेलबाट २ अंक मात्रै छ । नेटरनरेटका आधारमा विराटनगर अन्तिममा रहँदा पोखरा सातौँ स्थानमा छ ।

यता काठमाडौंले हालसम्म दुई खेल जितेको छ भने पाँच खेल खेलेको जनकपुर चार खेलमा विजयी भएको छ । पहिलो खेल बिहान ९ र दोस्रो खेल १ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ८ : १४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज