२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

काठमाडौंलाई विराटनगरले दियो ११८ रनको चुनौती



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजसामु विराटनगर किंग्सले ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११७ रन बनाएको हो ।

विराटनगरका राजेश पुलामीमगरले २१ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २५ रन बनाए । दीपक बोहराले २० रन जोडे । २४ बल खेलेका दीपकले दुई चौका प्रहार गरे ।

स्कट एड्वार्ड्सले १४ बलमा एक छक्कासहित १५ रन थपे । बसिर अहमेदले १३ र निकोलस किर्टोनले १२ रन बनाए । विराटनगरलाई मध्यम योगफलमा रोक्न काठमाडौंका गेरहार्ड इरास्मसले तीन विकेट लिए । चार ओभर बलिङ गरेका इरास्मसले १७ रन मात्र खर्चिए ।

दिपेश कँडेलले दुई विकेट लिए । दिपेशले चार ओभरमा १६ रन खर्चिए । साहब आलम, करण केसी र डान डथवेटले एक/एक विकेट लिए । प्रतियोगिताको प्लेअफ समीकरणमा कायम रहन काठमाडौंलाई आज जित्नैपर्ने दबाब छ । ६ खेलबाट ६ अंक जोडेको काठमाडौं तालिकाको पाँचौँ स्थानमा छ ।

आजको खेलमा पराजित भए काठमाडौं प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने चौथो टोली बन्नेछ । ६ खेलबाट चार अंकसहित छैटौँ स्थानमा रहेको विराटनगर भने प्लेअफ समीकरणबाट बाहिरिइसकेको छ ।

एनपीएल अन्तर्गत आइतबार दिउँसो भने पोखरा र सुदूरपश्चिम भिड्दैछन् । यो खेल देउँसो १ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १० : ५१ बजे

एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र

प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौं । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका

भोलि निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले

छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता