२१ मंसिर २०८२, आइतबार | December 7, 2025

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर भिड्दै



काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२:१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।

दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

यस्तो छ दुई टिमको फाइनलसम्मको यात्रा

फाइनलसम्मको यात्रा तय गर्दा जनकपुरले नौ र सुदूरपश्चिमले आठ खेल खेलेका छन् ।

जनकपुरले प्रतियोगिताको सुरुका चार खेलमा लगातार जित निकाल्दै बलियो सुरुआत गरेको थियो । तर, लिग चरणका अन्तिम तीन खेल खेल्दा भने जनकपुरले दुई खेलमा हार व्यहोरेको हो ।

जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि आठ विकेटको नै, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो ।

पाँचौँ खेलमा भने जनकपुरले सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनको हार व्यहोरेको थियो । छैटौँ खेलमा काठमाडौंविरुद्ध पाँच विकेटको जित निकालेको जनकपुरले सातौँ खेलमा चितवन राइनोजसँग ३२ रनको हार व्यहोरेको हो ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग हार व्यहोरेको जनकपुरले दोस्रो क्वालिफायरमा भने कर्णाली याक्सविरुद्ध दुई विकेटको कठिन जित निकालेको थियो ।

यता, लिगको आफ्नो पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको र तेस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित निकालेको थियो । चौथो खेलमा भने सुदूरपश्चिमले चितवन राइनोजविरुद्ध ३३ रनको हार व्यहोरेको थियो ।

पाँचौँ खेलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्सविरुद्ध ७२ रनको, छैटौँ खेलमा पोखरा एभेन्जर्सविरुद्ध पाँच रनको र सातौँ खेलमा कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ७ : ४४ बजे

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु