२४ मंसिर २०८२, बुधबार | December 11, 2025

भारतले जित्यो यू-१९ एसिया कपको उपाधि



भारतले एसीसी महिला यू-१९ एसिया कपको उपाधि जितेको छ । आइतबार बंगलादेशलाई ४१ रनले हराउँदै भारतले उपाधि जितेको हो । मलेसियाको क्वालालुम्पुरस्थित बायुमास क्रिकेट ओभलमा भारतले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १८.३ ओभरमा १० विकेट गुमाउँदै ७६ रनमा समेटिएको थियो ।

बंगलादेशका लागि जुअैरिया फिरदोसले २२ रन बनाउँदा फाहोमिया चोयाले १८ रज बनाए । बंगलादेशका लागि अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका लागि आयुशी शुक्लाले ३ विकेट लिइन् । त्यस्तै पारुनिका सिसोदिया र सोनम यादवले २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।

भारतका लागि गोंगदी त्रिशाले सर्वाधिक ५२ रन बनाइन् । त्यस्तै मिथिला विनोदले १७ रन बनाइन् । बंगलादेशका लागि फरजाना यास्मिनले ४ विकेट लिइन् । त्यस्ति निशिता अख्तर निशीले २ विकेट लिँदा हबिबा इस्लामले १ विकेट लिइन् प्रतियोगितामा पाकिस्तानविरुद्ध ऐतिहासिक जित हात पारेको नेपाल भने सुपर-४ बाटै बाहिरिएको थियो ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  २ : ३८ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल