४ पुस २०८२, शुक्रबार | December 20, 2025

क्यान्सर अस्पताल खजुरामा रेडियोथेरापी सेवा सुरु, चल्यो ‘लिन्याक’ मेसिन



खजुरा । पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पतालको रुपमा रहेको सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा जडान भएको लिन्याक मेसिन संचालनमा आएको छ । बहुप्रतिक्षित लिन्याक मेसिन संचालनमा आएसँगै अव खजुराको क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुर्णरुपमा सञ्चालनमा आउने भएको छ ।

झण्डै एक वर्ष पहिले जडान भएरपनि बिभिन्न समस्याहरु देखाउँदै संचालनमा आउन नसकेको लिन्याक मेसिन मंगलबार अपरान्ह देखि संचालनमा आएको क्यान्सर अस्पताल खजुराका कार्यकारी निर्देशक डा. प्रकाश प्रसाद साहले बताए । उनका अनुसार मंगलबार १ जना क्यान्सर पिडित विरामीको लिन्याक मेसिनबाट सेकाई गरेसँगै यस अस्पतालमा रेडियोथेरापी सेवा पुर्णरुपमा सञ्चालनमा आएको छ ।

बाँकेको खजुरामाम नै रेडिषे थेरापीको सम्पूर्ण सेवा सुरु भएपछि सेकाई सेवा लिनका लागि भरतपुर काठमाडौं, लखनउ दिल्ली जानुपर्ने वाध्यात्मक अवस्थाको अन्त्य भएको डा. साहले बताए । संघीय सरकारको पूर्ण स्वामित्व रहेको क्यान्सर अस्पतालमा स्वास्थ्य मन्त्रालयबाट रेडियो थेरापी सम्बन्धि विशषज्ञ नपठाएपछि अस्पतालको आन्तरिक स्रोतबाट भारतबाट दक्ष जनशक्ति मगाएर लिन्याक मेसिन संचालनमा ल्याइएको अस्पताल प्रशासनले जनाएको छ ।

२०७२ सालमा समुदायबाट संघीय सरकारले अस्पतालको स्वामित्व ग्रहण गरेपनि अहिले सम्म पश्चिम नेपालको एममात्र क्यान्सर अस्पताल शुन्य दरबन्दीमा चलेको छ । २ वटा सिटी स्क्यान, २ वटा भिडियो एक्सरे उपकरण भएको अस्पतालमा सरकारले रेडियोलोजिष्ट नपठाउँदा एक जना रेडियोलोजिस्टलाई दैनिक ज्यालादारीमा काममा लगाउँदै आएको छ ।

दैनिक २० वटा भिडियो एक्सरे गर्न ५ जनाको दरबन्दी भेरी अस्पताल नेपालगन्जमा कायम रहँदा क्यान्सर अस्पतालमा एकजना नपठाउनु दुःखको विषय भएको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले बताए । नेपालगन्ज स्थित भेरी अस्पतालमा ५ जना रेडियोलोजिष्ट कार्यरत रहेका छन् ।

लिन्याक मेसिन संचालनमा आएपछि अव सरकारले दरबन्दी सृजना गर्ने र आवश्यक दक्ष जनशक्ति पठाउन ढिला गर्न नहुने प्रखर परोपकार मिशन नेपालका अध्यक्ष महेन्द्र मल्लले बताए ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  १ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको