९ पुस २०८२, बुधबार | December 24, 2025

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ



काठमाडौं । वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पनौति नगरपालिका-११ घर भई काठमाडौं बुद्धनगर बस्ने ७१ वर्षीय गणेशबहादुर थापा र नवलपरासीपूर्व बौदीकाली गाउँपालिका-१ घर भई काठमाडौं बानियाटार बस्ने ४२ वर्षीया शान्ती भण्डारी रहेका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार र मंगलबार पक्राउ गरेको हो । गणशबहादुरलाई सोमबार सिनामंगल र शान्तिलाई बानियाटारबाट मंगलबार पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।

पक्राउ मध्ये गणेश बहादुरले सर्बिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ र शान्तिले हंगेरी पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट १७ लाख ५० हजार रुपैयाँ ठगेको आचार्यले बताए ।

रकम लिएर सम्पर्कविहीन भएपछि पीडितहरूको उजुरी दिएका थिए । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ८ : १३ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)