१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

खजुरा क्यान्सर अस्पतालले मनायो क्यान्सर दिवस

क्यान्सर अस्पताललाई नै राखियो एपिभि खोप अभियान बाहिर



खजुरा । विश्व क्यान्सर दिवसको अवसर पारेर पश्चिम नेपाल कै एकमात्र क्यान्सर अस्पताल सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले जनचेतनामूलक प्रभातफेरी सहित रक्तदान र बिरामीलाई पौष्टिक आहार वितरण गरेको छ ।

अस्पतालका चिकित्सक कर्मचारी, विकास समितिका पदाधिकारी, अस्पतालको मातृ संस्था प्रखर परोपकार मिशन नेपालका पदाधिकारी तथा खजुरा लायन्स क्लवका सदस्यहरु सहितको जनचेतनामूलक प्रभातफेरीले अस्पतालबाट खजुरा बजार हुँदै १ नम्बर पुगेर पुनः बजार परिक्रमा गर्दै अस्पताल पुगेर समापन भएको थियो ।

क्यान्सर दिवसकै दिन पारेर अस्पताल प्रशासनले क्यान्सर उपचारमा अस्पताल भर्ना भएका बिरामीलाई पौष्टिक आहार वितरण गर्नुका सार्थ रक्तदान गरिएको छ । अघिल्लो महिनाबाट संचालनमा आएको लिन्याक मेसिनबाट हाल हप्तामा ३ देखि ४ जना क्यान्सरका बिरामीको सेकाई (रेडियो थेरापी) सुरु गरिएको छ भने हरेक दिन २५ बढी बिरामीले अस्पतालबाट किमोको सेवा लिइरहेका छन् ।

अस्पतालका सबै उपकरणहरु पूर्णरुपमा संचालन भइ क्यान्सरको उपचार सेवा संचालन गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाश प्रसाद साहले बताए ।

हरेक वर्षको फेव्रुअरी–४ तारिखका दिनलाई संसारभरि ऐक्यवद्ध रुपमा क्यान्सरसँग लड्न चेतना स्वर भर्ने दिनका रुपमा लिइन्छ । क्यान्सर रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो। यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ।

यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा क्यान्सर रोगको उपचार गर्न सकिन्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हरेक २ मनिेटमा एक जना क्यान्सर रोगबाट मानिसको मृत्यु हुने गर्दछ । क्यान्सर रोगबाट हुने मृत्युमध्ये पनि करिब एकतिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ।

यस्तै सबैभन्दा धेरै फोक्सोको क्यान्सर रोग देखिएको छ। स्तन, प्रोस्टेट, कोलोरेक्टम, पेट, कलेजो र मूत्राशयमा अर्बुद रोग बढी हुने गरेका छन्।

नेपालमा क्यान्सर रोगका बिरामीको यकिन तथ्याङ्क नभए पनि सङ्गठनकाका अनुसार नेपालमा पाठेघरको मुख, स्तन र फोक्सोमा हुने क्यान्सरका कारण धेरै महिलाको मृत्यु हुने गरेको छ। यस्तै पुरुषमा फोक्सो, पेट र कलेजोमा क्यान्सरको रोग बढी हुने गरेको देखिएको छ ।

जनस्तरबाट मुट्ठीदान गरेर स्थापना भएको अस्पताल २०७२ सालबाट संघीय सरकारबाट संचालन हुँदै आएको छ । स्वामित्व ग्रहण गर्दा देखि नै दरबन्दी स्वीकृतिका लागि राजनीतिक नेतृत्वले आश्वासन दिँदै आएपनि अस्पताल अहिले सम्म शुन्य दरबन्दीमा काज, अस्थायी, करार र दैनीक ज्यालादारी कर्मचारीहरुले संचालन गर्दै आएका छन् ।

आजैबाट सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्ध देशैभर एचपिभि खोप अभियान संचालन गरेपनि क्यान्सरको बिशिष्टकृत खजुरा क्यान्सर अस्पताललाई भने अभियानबाट बाहिर राखिएको छ । बाँकेको ८ वटा पालिका मध्य खजुरा सहित नेपालगन्ज, कोहलपुर, बैजनाथ र जानकीमा आजबाट एपिभि खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

धार्मिक अनुष्ठानबाट संत दिनदयालद्वारा संकल्प गरिएको अस्पताल भारतको लखनउ पूर्व र नेपालको चितवन पश्चिमको एकमात्र विशिष्टकृत क्यान्सर अस्पताल हो ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १२ : २४ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला