४ पुस २०८२, शुक्रबार | December 19, 2025

ओली र देउवाको सन्देश सुनेपछि जसपाले अध्यादेशबारे निर्णय गर्दै



काठमाडौं । सरकारले प्रतिनिधिसभामा पेश गरेका ६ वटा अध्यादेशबारे निर्णय लिन जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन्।

उनी उपाध्यक्ष राजकिशोर यादवसहितका नेताहरूसँग अध्यादेशबाट निर्णय लिन अन्तिम छलफल गरिरहेका छन्। नेताहरुसँग छलफल गर्नुअघि अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली र त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

सरकारले माघ १८ गते प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश गरेको थियो।

प्रतिनिधिसभामा सत्तारुढ दल कांग्रेस-एमालेको बहुमत छ। तर, राष्ट्रिय सभामा सत्तारुढ दलको बहुमत छैन। त्यसकारण जसपाका तीन सांसद अध्यादेश पासका लागि निर्णायक भएका छन् ।

जसपालाई जसरी भएपनि फकाएर अध्यादेश पारित गराउने एमाले कांग्रेसको रणनीति रहेको छ । जसपालाई सरकारमा सहभागी गराउने आश्वासनसहित ओली देउवाले यादवलाई फकाएका छन् ।

 

 

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १२ : २५ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म