४ पुस २०८२, शुक्रबार | December 19, 2025

मधेशवादी दललाई अध्यादेशको पक्षमा ल्याउने प्रयास भइरहेको छः महासचिव पोखरेल



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले जारी गरेको अध्यादेशमा मधेशवादी दललाई सहमतिमा ल्याउन थालिएको बताएका छन् ।

एमाले बागमती प्रदेश कमिटीले आज भक्तपुरको गोठाटारस्थित मदन÷आश्रति स्मृति प्राविधिक शिक्षालयमा आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रशिक्षक÷प्रशिक्षण कार्यक्रममा उनले मधेशवादी दललाई अध्यादेशको पक्षमा ल्याउने प्रयास भइरहेको बताए । “मधेशवादी दलले अध्यादेशलाई समर्थन गर्नका लागि अप्ठयारो मानेको देखिन्छ । तिनलाई सहमति गराएर यस विषयलाई अगाडि बढाउने पार्टीको सोच छ । त्यसका लागि प्रयास भइरहेको छ”, महासचिव पोखरेलले भने ।

उनले राज्य कमजोर पारेर व्यक्ति बलियो हुने प्रयास गर्न खोजिएको भन्दै बलियो राज्यले नै समाजलाई चाहेको दिशामा डोर्याउन सक्ने र त्यसका लागि पार्टीले काम गरिरहेको बताए ।

महासचिव पोखरेलले राजनीतिक धुव्रीकरण गर्दै ठूला पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने धारणा राखे । उनले दुई ठूला पार्टी लामो समयसम्म सँगै बस्न नसकिने भन्दै निर्वाचनमा अलग अलग भएर चुनावमा जाने बताए । “हाम्रो लक्ष्य फरक भएकाले लामो समयसम्म सँगै बस्न सकिँदैन । नीतिगत प्रतिस्पर्धा गर्ने बाटो तयार गर्नका लागि अहिले दुई पार्टी मिलेका हौँ । त्यो काम गर्छौं ।”

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १० : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको