३ पुस २०८२, बिहिबार | December 18, 2025

बोधगयामा बौद्धमार्गीमाथि भएको दमनका विरुद्ध लुम्बिनीमा ऐक्यवद्धता प्रदर्शन



लुम्बिनी । भारतको बोधगयामा बौद्ध अनुयायीहरु माथि भारत सरकारले गरेको दमनका विरोध गर्दै बौद्ध सम्पदा संरक्षण समाजले अनुयायीहरुको न्यायका लागि एक्यबद्धता जनाएको छ । शनिबार बुद्धजन्मस्थल लुम्बिनी स्थित महिलवारमा प्रदर्शन गर्दै बोधगयामा बौद्धमार्गीहरु प्रति भईरहेको दमन रोक्न र गैरबुद्ध समुदायलाई बोधगयाको व्यवस्थापनबाट हटाउन माग गर्दै एक्यबद्धता प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरुले भारतको बिटी एक्ट १९४९ खारेजीको माग गर्दै बौद्ध सम्पदाहरुलाई बौद्ध धर्मावलम्बीहरुलाई मात्र दिन माग अघि सारेका छन् । बोधगयाको महाबोधी विहारको व्यवस्थापन गैर बौद्धिष्टहरुलाई दिएको भन्दै त्यहाँका बौद्ध धर्मावलम्बीहरु अनशन बसेका छन् । फेबु्ररीको १२ तारिखदेखि अनशन गरिएकोमा शुक्रबार बिहार सरकारले दमनपूर्ण तरिकाले हटाएको भन्दै त्यसको बिरोध स्वरुप बुद्ध जन्मस्थलमा प्रर्दशन गरिएको हो ।

अनुयायीहरुमाथि गरिएको दमन र उनीहरुको न्यायका लागि लुम्बिनीमा प्रदर्शन गरिएको बौद्ध सम्पदा संरक्षण समाजका संयोजक हरिओम विश्वकर्माले बताए । उनले बौद्ध धर्मावम्बीहरु माथी गरिएको दमन बन्द गर्ने आग्रह सहित बौद्ध धर्मावलम्बीहरुको समर्थनमा ऐक्यवद्धता जनाउन लुम्बिनीमा शान्तीपूर्ण प्रर्दशन गरेको बताए । “भारतमा मात्र हैन नेपालमा पनि बौद्ध सम्पदाहरुमा गैर बौद्ध धर्मावलम्बीहरुको हाली मुहाली हुदै आएको छ ।” विश्वकर्माले भने “यो प्रतिकात्मक प्रर्दशन मात्र हो, यसलाई नसच्चाए नेपालमा पनि भोली यसले उग्र रुप लिनेछ ।”

प्रर्दशनकारीहरुले लुम्बिनी विकास कोषको सञ्चालक समितिमा पनि बुद्धिष्टहरु मात्रै राख्नुपर्ने माग राखे । गैरबुद्धिष्ट कोषको समितिमा रहँदा बौद्ध धर्ममाथि अन्य धर्मको अतिक्रमण हुने उनको भनाई छ ।

बौद्ध समाज नेपालका केन्द्रिय अध्यक्ष शंकर गाहा मगरले गैर बौद्ध धर्मालम्बीहरुलाई बौद्ध धर्म प्रति अपनत्व नहुने बताए । उनले भारतमा भएको आन्दोलन लुम्बिनी विकास कोषसंग पनि सम्बन्धित रहेको कारण नेपालबाट भारतीय आन्दोलन प्रति ऐक्यवद्धता जनाईएको बताए ।उनले लुम्बिनी विकास कोषमा राजनैतिक नियुक्ती भन्दा पनि बौद्ध धर्मावलम्बीहरु संघ संस्थाबाट सञ्चालक समितिको चयन हुनुपर्ने माग अघि सारे ।

प्रर्दशनमा बौद्ध समाज नेपालसंगै बौद्ध सम्पदा संरक्षण समाजका सदस्यहरुको सहभागीता रहेको थियो । बुद्धजन्मस्थल लुम्बिनी गौतमबुद्धको जन्मस्थल भएकाले यहाँबाट ऐक्यवद्धता गरेर सन्देश दिन खोजिएको बौद्ध समाज नेपालका महासचिव चन्दा थापाले जानकारी दिईन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ९ : २८ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन