काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेद्वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय खारेज भएको छ ।
सर्वोच्च अदालतले दुई वर्षअघि देखिको विचाराधीन मुद्दालाई किनारा लगाउँदै कार्कीको उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो ।
सर्वोच्चका न्यायाधीशहरू डा मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले निर्वाचन आयोगले कार्कीको उम्मेद्वारी खारेज गर्ने निर्णय खारेज गरेको हो । यसअघि सर्वोच्चले कार्कीको पक्षमा अन्तरिम आदेश दिएको थियो । कार्की ललितपुर ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।



















प्रतिक्रिया