१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

स्वास्थ्यका लागि प्रातकालिन हिडाई अभियान नेपालगन्जमा : स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि हिँडे वाकाथनमा



नेपालगन्ज । स्वास्थ्यका लागि प्रातकालिन हिडाई भन्ने मूल नाराका साथ शनिबार बिहान नेपालगन्जमा वाकाथनको आयोजना गरिएको छ । बरिष्ठ बालरोग विशेषज्ञ डा. किशोर खत्रीको संयोजनमा र चिकित्सक संघ बाँकेको आयोजनामा भएको वाकाथनको बिहान साढे ७ बजे स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरे ।

स्थानीय गणेशमानचोकदेखि वीपीचोक हुँदै वीरेन्द्रचोकमा पुगेर पुनः गणेशमानचोकमा पुगेर कार्यक्रम समापन गरिएको छ । वाकाथनको उदघाटन गर्दै स्वास्थ्यमन्त्री पौडेलले बिहान हिड्दा शरीरमा रोग नलाग्ने भएकाले सबै जनालाई बिहान केही समय हिड्न आग्रह गरे । उनले आफुलाई स्वस्थ राख्न बिहान हिड्ने र खानपानमा ध्यान दिनु पर्ने बताए । मान्छेले सबैभन्दा बढी आफ्नो शरीरलाई माया गर्ने उल्लेख गर्दै मन्त्री पौडेलले शरीरलाई केही हुन नदिन हिँडाईको धेरै सहयोग गर्ने स्पष्ट पारे ।

मन्त्री पौडेल आफै पनि वाकाथन हिडे । प्रहरीको ब्याण्ड टोलीसहित अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियरमा अग्रभागमा राखेर बाँकेका प्रहरी प्रशासन, चिकित्सक, नागरिक समाजका अगुवालगायत वाकाथनमा सहभागी भएका थिए ।

कार्यक्रम संयोजक बरिष्ठ बालरोग विशेषज्ञ डा. खत्रीले स्वास्थ्य सचेतना विस्तार गर्न, नेपालगन्जको पर्यटकीयस्थलको प्रवद्र्धन गर्न र आम नेपाली दाजुभाई दिदीबहिनलाई एकताको मालामा गाँस्ने उद्देश्यले वाकाथन आयोजना गरिएको बताए । दाङका डा. खत्री वाकाथनलाई अभियानको रुपमा लिएर हिडेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १ : २१ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला