४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रचण्डले गरे रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन



नवलपुर । हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देवचुली नगरपालिका-१६, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गरेका छन् ।

चिकित्सालय भ्रमणपछि नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ। उक्त कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्राकृतिक चिकित्सा प्रणालीको महत्त्वबारे चर्चा गरे । उनले स्थानीय स्तरमा स्वास्थ्य पूर्वाधारको विकासका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिए । अध्यक्ष प्रचण्डले यस अघि महिला आवाससहितको नयाँ उपचार कक्षको उद्घाटन समेत गरेका थिए। प्रधानमन्त्री रहेका बेला उनले संघीय सरकारबाट १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै प्रदेश सरकारलाई पनि थप लगानी गर्न आग्रह गरेको जानकारी दिए ।

“स्थानीय रूपमा सुरु गरिएको यस चिकित्सालयले आज देशकै महत्वपूर्ण स्वास्थ्य संस्थाको रूपमा परिचय बनाइसकेको छ,” उनले भने, “नेपालको योगा तथा प्राकृतिक चिकित्सा प्रणालीले पश्चिमी चिकित्सा प्रणाली र एलोपेथिक प्रवृत्तिमा देखिएको बेथिति हटाउँदै, सस्तो र सुलभ स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।”

प्रचण्डले आफु सरकारमा रहँदा पनि यस संस्थाको विकासमा निरन्तर सहयोग पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा यसलाई प्राकृतिक चिकित्सा शिक्षण अस्पताल तथा विश्वविद्यालयको रूपमा विकास गर्न आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले चिकित्सक अभावको विषय उठाउँदै आवश्यक पाठ्यक्रम तयार गरी शिक्षणको व्यवस्था मिलाइने जानकारी दिए । साथै, व्यवस्थापन र भवन निर्माणमा आवश्यक पहल गर्ने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ११ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको