४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चीनमा रहेका नेपालीलाई मन्त्री खड्काको आग्रह



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चीनमा रहेका नेपाली समुदायलाई आग्रह गरेका छन् ।

चीनको भ्रमणमा रहेका मन्त्री खड्काले आज बेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकनका क्रममा लगानी सुरक्षाको जिम्मा सरकारले लिने भएकाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । “नेपाल जलस्रोतको अपार सम्भावना बोकेको मुलुक भएकाले ऊर्जा क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, जो जहाँ भए पनि नेपालीको माया नेपालमै हुन्छ, सरकारले लगानीको वातावरण निर्माण गरिसकेको छ, हामी सबै मिलेर देशको विकासमा जुट्नुपर्छ”, मन्त्री खड्काले भने।

सरकारले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र सोमध्ये १५ हजार मेगावाटभन्दा बढी बिजुली भारतलगायत तेस्रो मुलुकमा निर्यात गरिने सुनिश्चित भइसकेको उनले बताए । हाल नेपालले बङ्गलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गरिरहेको र आगामी वर्षमा सो परिमाण बढाउने मन्त्री खड्काको भनाइ थियो ।

संसद्मा छलफलका क्रममा रहेको जलस्रोत तथा विद्युत् विधेयक चाँडै पारित गराउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खड्काले नीतिगत अस्पष्टता हटाएर लगानीमैत्री वातावरण सिर्जना गर्न लागिएको बताउनुभयो । ऊर्जा विकास मार्गचित्र–२०८१ सार्वजनिक गरेर मुलुकको विकासका लागि सरकार स्पष्ट नीति र कार्ययोजनासहित अघि बढिरहेको उनको भनाइ थियो ।

भेटका क्रममा चीनमा रहेका नेपाली समुदायले विगतका अनुभवलाई स्मरण गर्दै सरकारले लगानी सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका थिए । मन्त्री खड्काले नेपाल ऊर्जा क्षेत्रमा भएका दीर्घकालीन योजनाका कारण छिट्टै आर्थिक समृद्धितर्फ अघि बढ्ने भन्दै लगानी गर्न आह्वान गरे ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : १६ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा