१ पुस २०८२, मंगलबार | December 16, 2025

सांसदहरूले मागे राज्यव्यवस्था समिति सभापति र सचिवको राजीनामा माग



काठमाडौं । निजामति सेवा विधेयकमा गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी छेडछाडपछि राजनीतिक वृतमा तीव्र विवाद उत्पन्न भएको छ।

विधेयकमा भएको छेडछाडप्रति असन्तुष्टि जनाउँदै संसदको राज्यव्यवस्था तथा सुशासन समितिका सदस्यहरुले बुधबार समितिको बैठकमै सभापति रामहरि खतिवडा र सचिव सुरज दुराको राजीनामा माग गरेका छन्।

विधेयकमा रहेको ‘कुलिङ पिरियड’को व्यवस्थालाई हटाउने वा कमजोर बनाउने गरी गरिएको संशोधनले राजनीतिक हस्तक्षेपको ढोका खोल्ने भन्दै सांसदहरुले आपत्ति जनाएका हुन्। उनीहरुले विधेयक पारित गर्ने प्रक्रियालाई पनि एकपक्षीय र समितिको निर्णयविपरीत भएको बताएका छन्।

समितिको आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद पदम गिरीले सभापति र सचिवको भूमिकामाथि प्रश्न उठाए । उनले सभापति खतिवडा र सचिव दुराले नैतिकताका आधारमा पदमा बस्न नमिल्ने जिकिर गरे । उनीहरू पदमा बसिरहनु लज्जास्पद र घिनलाग्दो काम हुने उनले प्रष्ट पारे ।

कांग्रेसका सांसद हृदयराम थानीले विधेयकमा भएको छेडखानीका विषयमा उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग गरे । उनले समितिको सचिवले केही जानकारी छैन भनेर उम्किन नपाउने जिकिर गरे । थानीले एक अर्कालाई दोषारोपण गरेर सभापति र सचिवले छुट नपाउने प्रष्ट पारे ।

सांसदहरुको साझा भनाइ थियो – ूनिजामति सेवामा यस्तो छलछामपूर्ण संशोधन सैह्य छैन। सभापतिले यसमा भूमिका खेलेका छन् भने उनले पद छाड्नुपर्छ।ू

बैठकमा सभापति खतिवडाले भने विधेयक सम्बन्धी प्रक्रिया समितिको निर्णयअनुसार नै अगाडि बढाइएको दाबी गरेका छन्। उनले सत्यतथ्य ल्याउन आफुले पनि माग गरेको बताए ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १२ : २२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष