काठमाडौं । नेकपा माओवादी केन्द्रका रसुवा इन्चार्ज कल्पना शर्माले ल्हेन्दे खोलामा आएको बाढीबाट भएको क्षतिप्रति दु:ख व्यक्त गरेकी छिन् ।
शर्माले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उद्दार र राहतमा जुट्न सरकारसँग माग गरेकी छिन् ।
उनले पार्टीका नेता कार्यकर्ताहरुलाई तत्काल उद्धार र राहातमा जुटन अनुरोध पनि गरेकी छिन् ।
शर्माले भनेकी छिन्, बाढी हाल घट्दो क्रममा रहेको भएपनि संभावित जोखिमलाई ध्यानमा राखि त्रिशुली नदीको रसुवागढीदेखि धादिङ जिल्लाको वेनिघाट आसपाससम्म त्रिशुली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु ।’



















प्रतिक्रिया