१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

‘कुलिङ अफ पिरियड’ बारे छानबिन समितिको प्रतिवेदन संसदमा पेस (पूर्णपाठसहित)



काठमाडौं । संघीय निजामती सेवा विधेयकको दफा ८२ मा उल्लेख गरिएको ‘कुलिङ अफ पिरियड’ छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।

कुलिङ अफ पिरियड’ प्रावधानमा भएको छेडखानीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेको हो।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा समितिका सभापति सांसद जीवन परियारले छानबिन प्रतिवेदन पेस गरेका हुन्।

गत असार २३ गते प्रतिनिधिसभाबाट गठित समितिलाई प्रारम्भमा २१ दिनको म्याद दिइएको थियो, जुन पछि थप ७ दिन लम्ब्याइएको थियो। निर्धारित समय साउन १८ गतेमै समाप्त भए पनि प्रतिवेदन भने साउन २० गतेमात्र सभामुख समक्ष प्रस्तुत गरिएको हो।

सभापति परियारका अनुसार प्रतिवेदनमा कुल ६ वटा परिच्छेद र ४ वटा अनुसूची समावेश गरिएको छ। उनले समितिको कार्यान्वयन प्रक्रियामा जिम्मेवार पदधारीहरूले आफ्ना दायित्व पूरा गर्न नसकेको स्पष्ट गरिएको बताए।

प्रतिवेदनमा राजनीतिक पदाधिकारीहरूले राजनीतिक र नैतिक जिम्मेवारी पूरा नगरेको तथा कर्मचारीहरूले पदीय आचरणको पालना नगरेको टिप्पणी गरिएको छ।

समितिले संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा भएको परिवर्तन प्रक्रियामा लापरवाही देखिएको निष्कर्ष निकालेको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरा नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिससमेत समतिले गरेको छ।

पूर्णपाठ:

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ३ : ३४ बजे

इजरायलद्वारा इरानमा हवाइ आक्रमण

काठमाडौं । इरायलले अमेरिकाको समर्थनमा इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेको

योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह

नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका युवा

रवि-बालेन्द्रसहित रास्वपाको काठमाडौं उपत्यकामा प्रचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यका केन्द्रित प्रचार गरेको

बाँकेमा युवा युवतीलाई मतदाता शिक्षा

नेपालगन्ज । फागुन २१ गते हुने ‘प्रतिनिधि सभा सदस्य निर्वाचन

संखुवासभामा बेलीबृज भाँचिँदा ट्रक अरुण नदी किनारमा खस्यो, चालक घाइते

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ नुमबाट मकालु-२ सेदुवातर्फ जाँदै गरेको