काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका छन् । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ व्यवस्था कमजोर हुने गरी संशोधन पारित गराउन भूमिका खेलेको आरोपमा उनीमाथि नैतिक प्रश्न उठेको थियो ।
पार्टीभित्रैबाट बढ्दो दबाबपछि मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै खतिवडाले पद त्यागको घोषणा गरेका हुन् । कांग्रेसले उनलाई यसअघि नै राजीनामा दिन निर्देशन दिएको थियो ।
खतिवडा अध्यक्ष रहेको समितिबाट पारित विधेयक संसद्मा पुगेपछि विवाद चर्किएको थियो । सुशासनका नाममा बनेका कानुनी प्रावधान उल्ट्याउने काममा खतिवडा नैतिक जिम्मेवार रहेको प्रतिवेदन जीवन परियार नेतृत्वको छानबिन समितिले पेस गरेपछि उनीमाथि दबाब अझ बढेको हो ।
खतिवडा २०८० भदौ ११ गते निर्विरोध रूपमा सभापति निर्वाचित भएका थिए । सुन तस्करी प्रकरणलगायत संवेदनशील विषयमा छलफल गर्ने प्रतिबद्धता गरेका उनी स्वयं विवादमा फँस्दै पदबाट हट्न बाध्य भएका छन् ।


















प्रतिक्रिया