काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर झण्डोत्तलन र दीप प्रज्वलन गरेरमहाधिवेशनको उद्घाटन गरे ।
उद्घाटन समारोहमा एमालेका नेता कार्यकर्तासहित विभिन्न पार्टीका नेताहरु अतिथिका रुपमा सहभागी भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको उपस्थिती हुने भनिएपनि कार्यक्रममा कांग्रेस कार्यकाह सभापति पुर्णबहादुर खढ्का र नेकपा नेता देव गुरुङ कार्यक्रममा पुगेका छन् । सल्लाघारीस्थित तीनकुने मैदानमा सहभागीहरुको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।
एमालेको महाधिवेशन डिजिटल प्रविधिबाट उद्घाटन गरिएको छ । अध्यक्ष ओलीले रिमोटको स्वीच थिचेसंगै झण्डोत्तलन र एक सादी दीप प्रज्वलन भएको थियो


















प्रतिक्रिया