२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

कांग्रेसले बुझायो समानुपातिकको बन्दसूची



काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची मंगलबारबिहान मात्र निर्वाचन आयोगमा बुझाएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिँदा कांग्रेसले निर्धारित समयमा सूची बुझाउन सकेको थिएन । देउवाबाट हस्ताक्षर गराएपछि बन्दसूची आयोगमा बुझाइएको हो। यद्यपी, कांग्रेसले आयोगले तोकेको अवधिभित्र शुल्क तिरेर भौचर काटिसकेको थियो ।

निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समयसीमा दिएको थियो।

सोमबार दिउँसो पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सूची बुझाउन निर्वाचन कार्यालय पुगेपनि नेताहरुबीच सहमति नबन्दा सूचीमा समेटिएका नामसमेत हेरफेर गर्नुपरेको थियो ।

कांग्रेसले २०६४ सालयता समानुपातिक प्रणालीबाट सांसद बनेका कुनै पनि व्यक्तिलाई यसपटकको सूचीमा नसमेटेको जनाएको छ।

 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ११ : २५ बजे

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित,

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी

एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र

प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौं । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका