२१ पुस २०८२, सोमबार | January 5, 2026

आजको मौसम : तराईमा हुस्सु, हिमालमा हिमपात



काठमाडौं । आज देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ ।

कोशी प्रदेशका पहाडी तथा हिमाली भागका साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी महाशाखाले आज राति तराई भागका धेरै स्थानमा कुहिरो लाग्नेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको साथै तराई भागमा कुहिरोको समेत सम्भावना रहेको छ । यसको प्रभाव रहँदा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : ३५ बजे

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

बेलायत । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको

रुपन्देहीमा अवैध सामान बरामद

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी

‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भएको सडक भत्कियो, सुधार गर्ने प्रतिबद्धता

म्याग्दी । कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी

मौसमी फ्लुका बिरामी बढ्यो

विराटनगर । तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, विशेष महाधिवेशनको दवावबीच छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ