१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

संखुवासभामा बेलीबृज भाँचिँदा ट्रक अरुण नदी किनारमा खस्यो, चालक घाइते



संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ नुमबाट मकालु-२ सेदुवातर्फ जाँदै गरेको ट्रक अरुण नदी किनारमा खस्दा चालक घाइते भएका छन् ।

अरुण नदी पार गर्ने क्रममा रहेको बेलीबृज अचानक भाँचिएपछि ट्रक नदी किनारमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकको खुट्टा भाँचिनुका साथै टाउकोमा चोट लागेको बताइएको छ । घाइते चालकको उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लगिएको छ ।

स्थानीयका अनुसार उक्त क्षेत्रमा बेलीबृजको अवस्था कमजोर रहेकाले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । बेलीबृज भाँचिँदा यातायात आवागमनसमेत प्रभावित भएको छ ।

यसअघि पनि मकालु-१ को वालुङ क्षेत्रमा रहेको बेलीबृज तर्ने क्रममा यस्तै प्रकारको दुर्घटना भएको थियो । स्थानीयले पुलको अवस्था सुधार गरी सुरक्षित आवागमनको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ११ : ५९ बजे

इजरायलद्वारा इरानमा हवाइ आक्रमण

काठमाडौं । इरायलले अमेरिकाको समर्थनमा इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेको

योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह

नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका युवा

रवि-बालेन्द्रसहित रास्वपाको काठमाडौं उपत्यकामा प्रचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यका केन्द्रित प्रचार गरेको

बाँकेमा युवा युवतीलाई मतदाता शिक्षा

नेपालगन्ज । फागुन २१ गते हुने ‘प्रतिनिधि सभा सदस्य निर्वाचन

संखुवासभामा बेलीबृज भाँचिँदा ट्रक अरुण नदी किनारमा खस्यो, चालक घाइते

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ नुमबाट मकालु-२ सेदुवातर्फ जाँदै गरेको