१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

इजरायलद्वारा इरानमा हवाइ आक्रमण



काठमाडौं । इरायलले अमेरिकाको समर्थनमा इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेको जनाएको छ।

इजरायली पक्षले यसलाई “पूर्वसावधानीका रूपमा गरिएको आक्रमण” भन्दै औपचारिक पुष्टि गरेको छ ।

इजरायलका रक्षा मन्त्री इसरायल कात्सले विज्ञप्ति जारी गर्दै देशभर “विशेष र स्थायी आपतकालीन अवस्था” घोषणा गरेका छन्। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सरकारले उच्च सतर्कता अपनाएको बताइएको छ। यो आक्रमणलाई अमेरिकाले समर्थन गरेको छ । अमेरिका र इरानबीच जेनेभामा वार्ता सकिएको केही समयमा इजरायलले आक्रमण गरेको छ ।

इजरायली अधिकारीहरूका अनुसार इरानमाथि आक्रमण गरिएपछि शनिबार इजरायलको हवाई क्षेत्र नागरिक उडानका लागि बन्द गरिएको छ।

सम्भावित प्रतिकार कारबाहीका रूपमा इजरायलतर्फ रकेट आक्रमण हुन सक्ने आँकलन गर्दै सेनाले देशका विभिन्न क्षेत्रमा हवाई हमलाको साइरन बजाएको जनाएको छ। सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र सुरक्षासम्बन्धी निर्देशन पालना गर्न आग्रह गरिएको छ।

उता, इरानको सरकारी सञ्चारमाध्यमसँग सम्बद्ध फार्स समाचार एजेन्सीले तेहरानको डाउनटाउन क्षेत्रमा धेरै विस्फोटका आवाज सुनिएको जनाएको छ। एजेन्सीले सो क्षेत्रमा भएका तीन वटा विस्फोटका तस्वीरसमेत सार्वजनिक गरेको छ।

यस घटनापछि पश्चिमएशिया क्षेत्रमा तनाव थप चर्किएको छ र अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई नजिकबाट नियालिरहेको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १ : ०५ बजे

इजरायलद्वारा इरानमा हवाइ आक्रमण

काठमाडौं । इरायलले अमेरिकाको समर्थनमा इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेको

योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह

नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका युवा

रवि-बालेन्द्रसहित रास्वपाको काठमाडौं उपत्यकामा प्रचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यका केन्द्रित प्रचार गरेको

बाँकेमा युवा युवतीलाई मतदाता शिक्षा

नेपालगन्ज । फागुन २१ गते हुने ‘प्रतिनिधि सभा सदस्य निर्वाचन

संखुवासभामा बेलीबृज भाँचिँदा ट्रक अरुण नदी किनारमा खस्यो, चालक घाइते

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ नुमबाट मकालु-२ सेदुवातर्फ जाँदै गरेको