१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

काभ्रेमा ५ ‘टुरिस्ट’ उम्मेदवार



काभ्रे । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा काभ्रे जिल्लाका पाँच उम्मेदवार आफूले आफैंलाई मतदान गर्नबाट बञ्चित भएका छन । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले अर्को निर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने भएपछि उनीहरुलाई ‘टुरिस्ट’ नेता भन्न थालेका छन ।

प्रतिनधि सभा सदस्यमा उम्मेदवार भएका नेपाली काँग्रेसका शिवप्रसाद हुमागाई, प्रदेश सभा सदस्यका उम्मेदवार बनेका नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका तीर्थ लामा, नेमकिपाका कृष्णबहादुर तामाङ, पुर्ण सिं तामाङ र स्वतन्त्र उम्मेदवार रुकमणी श्रेष्ठले आफुले आफैलाई मत दिन नपाउने भएका छन ।

तीर्थ लामाको प्रतिनिधि सभा १ को १ का मतदाता हुन । उनले १ को २ बाट उम्मेदवारी दिएका छन । त्यस्तै शिवप्रसाद हुमागाई प्रतिनिधि सभा १ का मतदाता हुन । उनि प्रतिनिभा २ का उम्मेदवार हुन ।

त्यस्तै नेमकिपाका कृष्णबहादुर तामाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का मतदाता हुन । उनी प्रतिनिधि सभा १ को २ बाट उम्मेदवार बनेका छन । नेमिकपाकै पूर्ण सिं तामाङ पनि प्रतिनिधि सभा क्षेत्र नम्वर २ का मतदाता हुन । उनि पनि प्रतिनिधि सभा १ बाट उम्मेदवार बनेका छन ।

काठमाडौ महानगरपालिका १० घर भएकी रुकमणी श्रेष्ठ स्वतन्त्र उम्मेदवार हुन । उनि काभ्रेको प्रतिनिधि सभा १ बाट उम्मेदवार बनेकी छिन । आफै उम्मेदवार आफैलाई मतदान गर्न नपाउने भाग्यमानी ५ उम्मेदवारलाई अरु मतदाताले के गर्ने हुन ? मसिर ४ कुर्नु पर्नेछ । आजको राजधानी दैनिकमा सुरज श्रेष्ठले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ७ : ०१ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को