१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

प्रतिनिधि-प्रदेशसभा निर्वाचन: सियोदेखि मतपेटिकासम्म विदेशबाटै



काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केन्द्र र जिल्लाबाट गरी निर्वाचनका लागि ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको छ । जसमध्ये अधिकांश विदेशबाट आयात भएका छन् ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले केन्द्रीय कार्यालयमार्फत बोलपत्रबाट ५७ प्रकारका तथा जिल्ला तहबाट १५ प्रकारका गरी ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको हो । तीमध्ये धेरैजसो विदेशबाटै ल्याइएका छन् ।

आयोगले मतपेटिका उत्तरी छिमेकी मुलुक चीनबाट ल्याएको हो । यसैगरी, सियो, लाह छाप भारतबाट ल्याइएको छ । धेरैजसो स्टेसनरीका सामग्री आयोगले भारतबाट खरिद गरेको छ ।

आयोगले निर्वाचन प्रयोजनमा छपाइसम्बन्धी (मतपेटिका स्टिकर र परिचयपत्र), मतपेटिका, छपाइसम्बन्धी (पोलबुक तथा कार्ड), लाह छाप, सुरक्षण सिल, रबर म्याट, स्वस्तिक छाप (रबर र पित्तल), स्ट्याप्लर मेसिन, स्ट्याप्लर पिन, छेकबार, स्ट्याम्प प्याड र मसी, मार्कर, सिसा कलम, सोसर, प्लास्टिक थैलो र बोरा, फोटोकपी पेपर, स्केल तथा कैंची, जेलपेन (कालो र रातो), मार्कर पेन, पन्चिङ मेसिन, कार्ड होल्डर, सलाई, धागो, ग्लुस्टिक तथा कोरा कपडा, डोरी, सियो, खापसियो, मैनबत्तीलगायतका सामग्री खरिद गरेको छ ।

१ लाख बढी मतपेटिका प्रयोग हुने

मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा १ लाखभन्दा बढी मतपेटिका प्रयोग हुने भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि ५५ हजार थान नयाँ मतपेटिका खरिद गरेको छ भने बाँकी पुरानै जगेडा मतपेटिकालाई प्रयोग गर्ने तयारी गरेको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आसन्न निर्वाचनमा १ लाख २० हजार थान मतपेटिकाको प्रयोग हुने जानकारी दिए ।

उनका अनुसार आयोगले निर्वाचनका लागि स्थायी मतदान स्थल १० हजार ८ सय ९२ र मतदान केन्द्र २२ हजार २ सय २७ निर्धारण गरेकाले प्रत्येक मतदान केन्द्रमा कम्तीमा चारदेखि बढीमा पाँचवटा मतपेटिका पठाइनेछ । यसैगरी, केही मतपेटिकालाई आयोगले जगेडासमेत राख्नेछ ।

आयोगले निर्वाचनका लागि ८ करोड ३ लाख ९४ हजार ५ सय थान मतपत्र छपाइ गरेर धमाधम ढुवानी गरिरहेको छ । आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि कुल १ करोड ९८ लाख ७१ हजार थान प्रदेश सभातर्फ प्रत्यक्षका लागि १ करोड ९९ लाख १८ हजार ५ सय थान मतपत्र छापिएको छ ।

यसैगरी, प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि २ करोड ४ लाख २१ हजार थान र प्रदेशसभाको समानुपातिकतर्फका लागि २ करोड १ लाख ८४ हजार थान मतपत्र छपाइ भएको हो । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र आयोगले सबै जिल्लामा पठाइसकेको छ ।

निर्वाचनका लागि कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० कायम भएका छन् । जसमा पुरुष मतदाता ९१ लाख ४० हजार ८ सय ६ जना तथा महिला मतदाता ८८ लाख ४७ हजार ५ सय ७९ जना कायम छन् । यसैगरी, अन्य मतदाता १ सय ८५ जना छन् । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : ४३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले