१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

जसपामा विवाद : दल नेता चयनसँगै सरकारमा जाने कि नजाने ?



काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र ‘संसदीय दल नेता चयन र सरकारमा सहभागी हुने कि नहुने ?’’ विवाद चर्किंदै गएको छ । चर्किंदो विवादसँगै दल नेता चयनका लागि आज निर्वाचन हुँदै छ भने ‘सरकारमा सहभागी हुने’’ समेत कार्यकारिणी समिति बैठक बस्दै छ ।

जसपाबाहेक संसद्मा प्रतिनिधित्व गर्ने सबै दलले दल नेता सर्वसम्मत चयन गरिसकेका छन् । सर्वसम्मत नभएपछि नेपाली कांग्रेसले निर्वाचनबाटै दल नेता चयन गरिसकेको छ । तर, जसपाले अझै चयन गर्न सकेको छैन ।

दलका नेताका लागि जसपा संघीय परिषद् अध्यक्ष अशोक राई, कार्यकारिणी समिति सदस्यद्वय रामसहाय यादव र राजकिशोर यादव प्रतिस्पर्धामा छन् । निर्वाचन समितिले दल नेता चयनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

सो कार्यतालिकाअनुसार आज बुधबार उम्मेदवारी दर्तादेखि मतदानसम्म कार्यक्रम छन् । जसपा सांसद प्रदीप यादव ‘दल नेता चयन सर्वसम्मत गर्ने प्रयास जारी रहेको’ बताउँदै ‘यदि त्यसो हुन नसके लोकतान्त्रिक प्रक्रियाअनुसार मतदानबाटै चयन हुने’ सुनाउँछन् ।

प्रतिनिधिसभा सदस्यमा सप्तरी २ बाट पार्टी अध्यक्ष उपेन्द्र यादव जनमत पार्टी अध्यक्ष डा. सिके राउतसँग पराजित भएका छन् । यादव पराजित भएपछि दलको नेता आफ्ना ‘एस म्यान र यादव समुदायबाटै’ बनाउन खोज्नुले सर्वसम्मत हुन नसकेको जसपाका एक नेताले बताए । उपेन्द्रले दल नेताका लागि रामसहाय यादवलाई अघि सारेका छन् । रामसहाय बारा २ बाट निर्वाचित सांसद हुन् ।

‘उपेन्द्रजी निर्वाचनमा पराजित भएपछि उनले आफ्ना एस म्यान र यादव समुदायकै नेतालाई दलको नेता बनाउन खोज्नुले सर्वसम्मत प्रयास असफल भएको छ,’ ती नेताले भने, ‘उनको यही शैली र व्यवहारले पार्टीले नराम्रो पराजय भोग्नुपरेको अवस्था छ । उनको यस्तो गतिविधिले पार्टी कमजोर बनाउने काम भइरहेको छ । यो कुरा कार्यकारिणी समिति बैठकमा समेत जोडतोडले उठनेवाला छ ।’

जसपा संघीय परिषद् अध्यक्ष राई सुनसरी १ बाट प्र्र्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पार्टीका वरिष्ठ नेता हुन् । सो हिसाबले पनि राई नै सर्वसम्मत दल नेता हुनुपर्ने भए पनि उपेन्द्रले आफ्ना विश्वास पात्र रामसहायलाई अगाडि बढाएका छन् । रामसहाय तत्कालीन फोरम नेपालका संस्थापक नेताका साथै संघीय समाजवादी फोरम महासचिव एवं उपेन्द्रका विश्वासपात्र हुन् ।

रामसहायलाई नै सर्वसम्मत दल नेता चयन गरेर अशोक राईलाई सरकारमा सहभागिता गराउन खोजिए पनि सहमति जुटन नसकेको ती नेताले बताए । राई यस प्रस्तावमा असहमत भएपछि बरु निर्वाचनबाटै ‘दल नेता चयन गरौं’ भन्ने प्रस्ताव उपेन्द्रले गरेका हुन् । जसपा शीर्षनेताबीच दल नेता सर्वसम्मत चयन गर्न प्रयास असफल भएपछि निर्वाचनसम्म पुगेको हो ।

दल नेता सर्वसम्मत हुन नसकेपछि सिराहा २ बाट निर्वाचित सांसद राजकिशोर यादवले समेत दाबी पेस गरेका छन् । जसपा विभाजनका बेला राजपाबाट एकीकरणमा आएका यादव विभाजनका समय जसपामै रहेका थिए ।

‘मधेस केन्द्रित दल भएको र यस दलको उदय मधेस आन्दोलनबाटै भएकाले मधेसकै नेतालाई दलको नेता बनाउँदा राम्रो हुने भएकाले पार्टीभित्र समेत यो कुरा उठेको छ,’ स्रोतले भन्यो, ‘यो पार्टीको जग नै मधेस भएकाले अरू क्षेत्रबाट बनाउँदा प्रश्न उठने भएकाले समेत सर्वसम्मत हुन नसकेको हो,’ जसपामा १२ सांंसद रहेका छन् । आजको राजधानी दैनिकमा सुभाष साहले याे समाचार लेखेका छन ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : ५४ बजे

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको

एनपीएलमा आज दुई खेल, चितवन-विराटनगर र जनकपुर-कर्णाली भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबार दुई खेल

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी