१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

मूल्यवृद्धि साढे सात प्रतिशत नजिक



काठमाडौं चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे सात प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ११ प्रतिशत बराबर थियो ।

राष्ट्र बैंकका अनुसार मङ्सिर महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव ५९ प्रतिशत रहेको छ ।

यही अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराा तथा होटल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १५ दशमलव ५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११ दशमलव ८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ३९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव शून्य ७ प्रतिशत र पेय पदार्थको आठ दशमलव ८४ प्रतिशतले बढेको छ ।

मङ्सिर मसान्तसम्ममा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १७ दशमलव ३३ प्रतिशत, स्वास्थ्यको ११ दशमलव २२ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ७६ प्रतिशतले बढेको छ ।

त्यस्तै घरायसी उपयोगका वस्तुहरुको आठ दशमलव २९ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको मूल्य आठ दशमलव २९ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको विवरणअनुसार यही अवधिमा उपत्यकामा छ दशमलव ५६ प्रतिशत, तराईमा आठ प्रतिशत, पहाडमा सात दशमलव ३२ प्रतिशत र हिमालमा छ दशमलव ४८ प्रतिशत मुद्रास्फीति रहेको छ । गत वर्षको मङ्सिर महिनामा यी क्षेत्रहरुमा क्रमशः पाँच दशमलव ९१ प्रतिशत, सात दशमलव ५२ प्रतिशत, छ दशमलव ९५ प्रतिशत र चार दशमलव ९१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

गत मङ्सिर महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति नौ दशमलव १५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव २२ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १ : २८ बजे

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठ पक्राउ

पोखरा । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन

काठमाडौं । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति

विद्यालय चिटिक्क पारेर मनाए मध्यबिन्दुको युवा संघका युवाले स्थापना दिवस

मध्यविन्दु । राष्ट्रिय युवा संघ नेपाल मध्यविन्दु नगर कमिटी नवलपरासीले