२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागारबाट रिहा



कैलाली । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा कैदीको सजाय माफी गरिदिएपछि नागरिक उन्मुक्तिका सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा भएका हुन् ।

आवश्यक प्रक्रिया पूरा गरेर चौधरीलाई रिहा गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिएका छन्। उनलाई नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठले कारगार पुगेर स्वागत गरेकी थिइन् ।

१८ दिन कारागार बसेर रिहा भएकाले चौधरीले आफूमाथि प्रतिशोध साँधिएको आरोप लगाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । सोही सूचीमा अरुण चौधरीलगायत चारजनाको नाम समावेश रहेको थियो ।

चौधरी कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १० : ४५ बजे

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa

कांग्रेसको नारावाजीका बीच गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त

सकियो अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी : लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३