२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावलीमा सांसद अरुण चौधरीको नाम समावेश गराउन माग



काठमाडौं । राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन परेको छ ।

ती निवेदनमा चार वटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिइन । मतदाता नामावलीमा दाबी विरोधका लागि आज अपराह्न १२ बजेसम्मको समय तोकिएको थियो ।

कैलाली जिल्ला निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ । यसैगरी अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ ।

प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार अपराह्न १२ बजे राष्ट्रपतिको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । मतदानमा सङ्घीय संसद्का सांसद र प्रदेशशभा सदस्यले मतदान गर्न पाउने छन् । मतदान फागुन २५ गते संसद् भवन नयाँबानेश्वरमा हुने जनाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १ : १३ बजे

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका-४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

बागलुङ । बडिगाड गाउँपालिका-९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली । मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी