१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

निर्माण सामग्रीको मूल्य बढ्यो



काठमाडौं । कोरोना भाइरसका कारण विकास निर्माणको काम अवरुद्ध छ तर पनि निर्माण सामग्रीको मूल्य भने बढेको छ । ढुवानी भाडा बढेका कारण निर्माण सामग्री मात्र नभई हरेक सामग्रीको मूल्य वृद्धि भएको बताइएको छ ।

गत चैतयता ढुवानीमा दोब्बर भाडा वृद्धि भएसँगै निर्माण सामग्रीको भाउ महँगो भएको व्यापारी तथा निर्माण व्यवसायीले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले पछिल्लो समयमा निर्माण सामग्री खरिद गर्दा सिधै महँगो नभए पनि यसको ढुवानीमा दोब्बर वृद्धि भएका कारण देखाउँदै हरेक निर्माण सामग्रीको मूल्य बढाइएको जानकारी दिए ।

उनले ढुवानीका कारण देखाउँदै प्रत्येक निर्माण सामग्रीको भाउ १० देखि १५ प्रतिशत बढेकाले यसको प्रत्यक्ष असर निर्माण कम्पनीलाई परेको बताए । निर्माण सामग्री बिक्रेता व्यापारी निर्माण सामग्रीको भाउ बढ्नुको अन्य कारण नभएर पछिल्लो समयमा ढुवानीमा दोब्बर वृद्धि हुँदा भएको बताउँछन् । सामान्य अवस्था वा चैतअघि वीरगञ्जबाट काठमाडौँसम्म प्रतिकेजी ढुवानी भाडा दुई रुपैयाँ रहेकोमा अहिले बढेर ४ रुपैयाँ पुगेको बताइएको छ ।

अहिले ढुवानीकर्ताले फर्किंदा रित्तै फर्किनुपर्ने भन्दै आउँदाजाँदाको भाडा जोडेर लिने गरेको र त्यसको असर सामानको भाउमा परेको कलङ्कीका निर्माण सामग्री बिक्रेता वेदबहादुर थापाले बताए । निर्माण व्यवसायी महासङ्घका महासचिव दाहालका अनुसार भूकम्पलगत्तै चरमचुलीमा पुगेको निर्माण सामानको भाउ आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा घटेर सामान्य अवस्थामा आएको थियो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले गरेको देशव्यापी बन्दाबन्दीपछि निर्माण सामग्रीको ढुवानी बढेर भाउ महँगो भएको उनको भनाइ छ ।

महासङ्घका अनुसार निर्माण सामग्रीको भाउ आव २०७३/७४ मा भन्दा आर्थिक वर्ष ३०७४/७५ र २०७५/७६ मा क्रमशः घटेको थियो । आव २०७३/७४ मा प्रतिबोरा सिमेन्ट एक हजार एक सय रुपैयाँ र प्रतिकेजी डन्डी ९० रुपैयाँसम्म पुगेको थियो ।

यस्तै अन्य सामान बालुवा, गिट्टी, इँटा लगायतका निर्माणमा प्रयोग हुने सामानमा पनि पनि त्यही अनुपातमा मूल्य बढेको थियो ।

तर आर्थिक वर्ष २०७५/७६ मा सिमेन्ट प्रतिबोरा ६५० देखि सात सय रुपैयाँ र डन्डी प्रतिकेजी ५८ देखि ६० रुपैयाँसम्ममा किनबेच भएको थियो । आर्थिक वर्ष २०७६/७७ को सुरुतिर श्रमिकको ज्यालाका कारण देखाउँदै उद्योगीले सिमेन्ट प्रतिबोरा नौ सय रुपैयाँ र डन्डी प्रतिकेजी ८०/८२ रुपैयाँसम्म पु र्‍याए । निर्माण व्यवसायीको विरोधपछि त्यसमा केही घटेको सिमेन्ट र डन्डीको भाउ अहिले पुनः बढेको निर्माण व्यवसायीले बताएका छन् ।

महासङ्घका अनुसार सिमेन्ट प्रतिबोरा ८५० देखि ९ सय रुपैयाँ, डन्डी प्रतिकेजी ८० रुपैयाँ र एक नम्बर इँटा प्रतिहजारको १७ हजार पाँच सयदेखि १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गिट्टी र बालुवा पनि त्यही अनुपातमा बढेको महासङ्घले जनाएको छ ।

उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ७ : ०७ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को