१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

ढल्यो प्रचण्ड सरकार, प्रधानमन्त्री प्रचण्ड संसदको विश्वासको मत पाउन असफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । पाँचौ पटक संसदसँग बिश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री प्रचण्डको प्रस्ताव बहुमतबाट अस्वीकृत गरिदिएको छ ।

सरकारमा सहभागी नेकपा एमाले लगायतका दलहरुले सत्ता समिकरण परिवर्तनका लागि भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपपछि प्रधानमन्त्रीले आज पुनः विश्वासको मत प्राप्त गर्नका लागि संसद समक्ष प्रस्ताव गरेका थिए।

विश्वासको मत माथिको प्रस्तावमा मतदान प्रक्रियामा २५८ सांसदले मात्र भाग लिएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्तावमा ६३ मत परेको छ  भने बिश्वासको मतको विपक्षमा १९४ मत परेको छ । १ जना सांसद तटस्थ बसेको सभामुख देवराज घिमिरेले बताए ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको यो पाँचौ पटक हो । जेठ ७ गते चौथो पटक प्रधानमन्त्रीले १५७ मत प्राप्त गरेका थिए त्यस अघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए ।

त्यसपछि २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरिएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक गत फागुन ३० गते फेरी गठबन्धन बदलेपछि विश्वासको मत लिएका थिए । त्यति बेला २६८ सांसदले मतदान गरेकोमा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा ११० मत परेको थियो ।

मत बिभाजन हुनु अघि साँसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आवेग र भावनाका आधारमा आफूले विश्वासको मतको प्रस्ताव नराखेको स्पष्ट पारेका थिए ।

प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, “आज विमर्श र छलफल भयो, राम्रो भयो । सबैले गम्भीर रूपमा आफ्नो धारणा राख्नुभयो । आफ्नो तर्फबाट धारणा मैले राखेको थिएँ । गम्भीरतापूर्वक राखे, आवेग र भावना राखेको होइन, धेरै ठक्करको निष्कर्षका रूपमा मैले प्रस्ताव राखेको हो ।”

उनले समीकरण बनिराखे पनि आफूहरू यही नै हुने बताए । “अब देशलाई कता लैजाने निर्णय गर्ने जिम्मा प्रतिनिधिसभाको नै हो, मेरो नेतृत्वको सरकारले जादु ग¥यो भनेको होइन, समृद्धिका पक्षमा, सुशासन, सामाजिक न्यायको पक्षमा सुधारहरू भएका छन्”, उनले भने ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ५ : १७ बजे

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको

एनपीएलमा आज दुई खेल, चितवन-विराटनगर र जनकपुर-कर्णाली भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबार दुई खेल

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी