३ भदौ २०८३, बुधबार | August 19, 2026

कामचलाउ बन्यो प्रचण्ड सरकार, अर्को सरकार नबन्दासम्म कार्यसंचालन गर्ने जिम्मेवारी



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाल प्रचण्डलाई अर्को सरकार गठन नहुन्जेल मन्त्रिपरिषद्को कार्यभार संचालन गर्न कार्यभार तोकेका छन्  ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको पत्र प्राप्त भएकोको जानकारी दिदै संबिधान अनुसार अर्को सरकार गठन नहुन्जेल काम गरिरहन राष्ट्रपतिले कार्यभार तोकेका हुन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम मिति २०७९ पुस १० गते नियुक्त प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राखेको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखको मिति २०८१ असार २८ को पत्र प्राप्त हुन आएको राष्ट्रपति कार्यालयबाट जारी सूचनामा उल्लेख छ ।

नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभए सम्म यही मन्त्रिपरिषद्‌ले कार्य सञ्चालन गर्ने गरी प्रचण्डलाई जिम्मेवारी तोकिएको छ । राष्ट्रपति कार्यालयबाट जारी पत्रमा नयाँ सरकार गठनको भने अहिलेसम्म आह्वान भएको छैन । राष्ट्रपति पौडेल नयाँ सरकार गठनबारे कानुनी परामर्शमा रहेको बताइएको छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ७ : २८ बजे

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं ।वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर । महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार

राष्ट्र बैंकले ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ ।

बासुदेव खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका