१७ बैशाख २०८१, सोमबार | April 29, 2024

ओली नेतृत्वको  सरकारका ७ जना मन्त्रीले दिए राजीनामा



काठमाडौं । प्रधानमन्त्रीले सर्वभौम संसद विघटन गर्न सिफारिस गर्ने प्रस्तावका विपक्षमा रहेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । ओली नेतृत्वका सरकारमा रहेका ७ जना मन्त्रीले काठमाडौमा पत्रकार सम्मेलन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

राजीनामा दिने मन्त्रीहरुमा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणी पोखरेल, उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षि विकास मन्त्री घनश्याम भुसाल, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश कुमार भट्टराई, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव तथा खानेपानी तथा सरसफाई मन्त्री बिना मगर रहेका छन् ।

उनीहरुले पत्रकार सम्मेलनमा बितरण गरेको बिज्ञप्तिमा प्रधानमन्त्रीबाट भएको अलोकतान्त्रिक र असंवैधानिक कदम रोक्न प्रयत्न गर्दा पनि नसकेको उल्लेख गरेका छन् । जनादेश विपरित तथा राजनीतिक मुल्य र स्थिरताको प्रतिकुल निर्णय आएकाले आफुहरुले मन्त्री पदबाट राजीनामा दिएको बिज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा बोल्दै राजीनामा दिएका मन्त्री घनश्याम भुसालले प्रधानमन्त्रीको कदमले कम्युनिष्ट पार्टी सहित नेपालको बाम आन्दोलनलाई नै सखाप पानै दिशामा अगाडी बढेको बताए ।

पूर्व माओवादी कित्ताबाट मन्त्री बनेका गृह मन्त्री राम बहादुर थापा बादल र बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ४ : ४५ बजे

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण