२१ आश्विन २०८३, बुधबार | October 8, 2026

ओलीलाई पार्टी अध्यक्षबाट निष्काशन गर्ने प्रचण्ड–नेपाल पक्षको निर्णय, नयाँ अध्यक्षमा माधव नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट निस्काशन गरेको छ ।

बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले ओलीलाई कारवाही गरी अध्यक्षबाट हटाउने स्थायी समितिको निर्णयलाई अनुमोदन गरेको छ ।

नेकपाका ४४६ जना केन्द्रीय सदस्यमध्ये ३१५ जनाको उपस्थिती रहेको बैठकले ओलीलाई हटाउने निर्णय गरेको हो ।

पार्टीको दुई तिहाई भन्दा बढी सदस्यहरुको उपस्थितिी सञ्चालन भएको बैठकले आइतबार स्थायी कमिटी बैठकले गरेको अनुशासनको कारवाहीको निर्णयलाई अनुमोदन गर्दै ओलीलाई अध्यक्षबाट हटाएको हो । नेकपामा अहिले भने ४४१ सदस्य कायम रहेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई बैठकले संगठन, संविधान र देशको हित विपरित कार्य गरेको आरोप लगाउँदै पदबाट हटाएको हो ।

बैठकले ओलीलाई निष्काशन गरेपछि सो स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरेको छ । वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा बैठकले नेपाललाई एक मतले अध्यक्ष चयन गरेको हो ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ५ : ३६ बजे

भएनन् गगन थापा निर्विरोध, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत कार्यकर्ताहरुले कांग्रेस सभापति पदमा निर्विरोध

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौँ । सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

यसियन पेन्टस् च्याम्पियन कप प्रतियोगिता : उपाधिका लागि सगरमाथा स्कूल र गुरुकुल भिड्ने

नेपालगन्ज । यसियन पेन्टस् च्याम्पियन कप अन्तर्गत जारी अण्डर –१८

उपचार गर्दा करणीको आरोप लागेका थापा हिरासतमै गम्भीर बिरामी, आईसीयुमा उपचार हुँदै

कोहलपुर । एक युवतीलाई उपचार गर्ने क्रममा गोप्य अंगमा हात

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप