२६ बैशाख २०८१, बुधबार | May 8, 2024

प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दामा प्रधानन्यायाधिशको एकल इजलाशले सुनुवाइ गर्दै



काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दामा सुनुवाई गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले आफै एक्लै हेर्ने गरि इजलाश ताकेका छन् ।

उनले प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरु आफ्नै एकल इजलाशमा राखेका हुन्।

संसद् विघटन विरुद्ध विघटन भएकै दिन ५ पुसमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओलीलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए भने नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले मंगलबार संसद विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा भंग गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न सिफारिस गरेका थिए।ओलीको सिफारिस सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन्।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको रिटमा संसद् विघटन असंवैधानिक भएको भन्दै खारेज गर्न माग गरिएको छ।

संसद विघटनका सम्बन्धमा यस अघि नै पूर्व राष्ट्रपति डा. रामवरण यादव तथा पूर्व प्रधानन्यायाधिश द्वय सुशिला कार्की र कलण श्रेष्ठले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको टिप्पणी गरिसकेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १० : ४७ बजे

राजस्थानमाथि दिल्ली २० रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन, श्रद्धापूर्वक मनाइँदै 

काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को