५ चैत्र २०८२, बिहिबार | March 19, 2026

नेकपा प्रचण्ड–नेपाल पक्षले मदननगर बल्खुमा केन्द्रीय कार्यालय बनाउने



काठमाडौं । नेकपा ओली पक्षले आफ्ना युवा कार्यकर्ता लगाएर धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा ताला लगाएपछि नेकपा प्रचण्ड–नेपाल पक्षले पूर्व नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको मदननगर बल्खुमा आफ्नो पार्टी केन्द्रीय कार्यालय बनाउने भएको छ ।

काठमाडौमा बिहीबार बसेको प्रचण्ड–नेपाल पक्षको बैठकले बल्खुस्थित मदन आश्रीत भवनलाई केन्द्रीय कार्यालय बनाउने निर्णय गरेको हो ।

केन्द्रीय कमिटी बैठक सकिएलगत्तै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका नेताहरु बल्खु पुगेर मदन भण्डारीको शालिकमा मल्यार्पण गरेका थिए ।

भूकम्पबाट क्षतिग्रस्त बनेको तत्कालीन एमालेको पार्टी कार्यालय अगाडि रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्न वरिष्ठ नेता झलनाथ खनाल र अमृतकुमार बोहोरा पनि बल्खु पुगेका थिए ।

मदननगर बल्खुस्थित उक्त स्थानसँग आफूहरुको सम्बन्ध गाँसिएको भन्दै प्रचण्ड–नेपाल समूहले पार्टीको भवन बनाउने दाबी गरेको हो । त्यसक्रममा अध्यक्ष माधवकुमार नेपालले नेकपाको मूलधार आफुहरु भएको दाबी गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ५ : ५१ बजे

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरण : सर्वोच्चमा सुनुवाइ जारी, आजै फैसला आउन सक्ने

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण तथा

आज चैते दशैँको घटस्थापना

काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दशैँको नवरात्र

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका

पश्चिमी प्रणालीको प्रभाव : देशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको