४ पुस २०८२, शुक्रबार | December 19, 2025

मेवा किन्न भीड : बागवानीबाटै बिक्यो ५० क्विन्टल



भद्रपुर। मेचीनगर नगरपालिका वडा नं १० स्थित नन्दा खोलाको बगरमा लटरम्मै फलेका मेवा किन्न दैनिक भीड लाग्ने गरेको छ ।

एफेक्स बागवानी तथा बीउबिजन उद्योगका सञ्चालक शेखर गुरागार्इंले बन्दाबन्दीको अवस्थामा ५० क्विन्टल मेवा बोटबाटै बिक्री भइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार दैनिक मेवा किन्नकै लागि ३० देखि ४० जनासम्म कृषि फार्ममा आउने गरेका छन् । “मागअनुसार दिन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “खाँदा रसिलो र मीठो छ । सायद सबै बजार ठप्प हुँदा मान्छेहरु फलफूल खोज्दै यही आइपुग्छन् ।”

गतवर्ष नन्दा खोलाको बगरमा रहेको १८ बिघा जमिन खरिद गरी मेवा, कागती, खरबुजालगायत अग्र्यानिक खेती लगाएको छ । जहाँ झण्डै पाँच बिघा जमिनमा मेवाखेती छ । बोटमै मेवा प्रतिकेजी रु ५० ले बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।

धुलाबारी मोडबाट करिब एक किलोमिटर उत्तरको नन्दा खोलाको बगरमा कागती, मेवा, खरबुजालगायत खेती गरिएको छ । रु एक करोडको लगानीमा पाँचजना युवा मिलेर सञ्चालन गरेको फार्ममा माछासमेत पालिएको छ ।

स्थानीय किसान डिल्लीराम उप्रेतीको फार्मबाट उन्नत जातको मेवा, कागतीको बिरुवा र मोरङको उर्लाबारीको फार्मदेखि विभिन्न प्रजातिका माछाका भुरा केन्द्रमा ल्याएर उत्पादन गरिरहेको उहाँको भनाई छ ।

केन्द्रमा सात हजार मेवा, तीन हजार कागती, तीनवटा ठूला पोखरीमा विभिन्न जातका चार लाख माछाका भुरा पालिएको उद्योगका अध्यक्ष मोहनचन्द्र भट्टले जानकारी दिनुभयो । दुईवटा पोखरी २÷२ कठ्ठाको र एउटा पोखरी ढेड विगाह क्षेत्रफलमा लगाईएको छ । पोखरीमा ग्रासकार, कमनकार, सिबलकार, रौँउ, कत्ला, मागुर, नैनी, लगायत जातका माछा रहेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ४ : ३४ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ