२८ जेष्ठ २०८३, बिहिबार | June 12, 2026

नेपाली युवा उद्यमी रुपन्देहीमा निरज लाकौल



बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको छैटौ बार्षिक साधारण सभा तथा अधिबेशनबाट निरज लाकौलको अध्यक्षमा नयाँ कार्यसमिति गठन भएको छ ।

बुटवलमा भएको साधारण सभा तथा अधिवेसनबाट प्रथम उपाध्यक्ष सन्देस श्रेष्ठ, द्धितिय उपाध्यक्ष रिशभ वझा चयन भएका छन् । यस्तै कार्यकारिणी सदस्यहरुमा आर्दश श्रेष्ठ, शैलजा श्रेष्ठ, अनिस कसौधन, प्रतिक कसजु, शायेना श्रेष्ठ, राजीव श्रेष्ठ, सुमन बस्याल, सुमित वझा, सुमित श्रेष्ठ चयन भएका छन् ।

साधारण सभा तथा अधिवेसनमा मा बल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले नव निर्वाचित युवा उद्यमी मञ्च रुपन्देहीका कार्य समितिलाई हार्दिक बधाई तथा शुभकामना दिएका थिए । त्यस्तै युवा हरुले नै देशका अर्थतन्त्र लगायत बुटवल नगरीलाई आर्थिक र पर्यटकिय क्षेत्र बनाउन युवाहरु बाट नै संभव भएको बताए ।

जसरी उद्योग बाणिज्य संघ, जेसिज, रोटरी,लायन्सको धाराबाट अगाडि बढी रहनु भएको छ , यो कुराले युवाहरु लाई संक्षम आत्मनिर्भर गर्ने बताए । बुटवल नगरीलाई आर्थिकको राजधानी बनाउन र व्यवसायीहलाई प्रर्वद्धन गर्नको लागी अमरपथ क्षेत्रलाई चौबिसै घण्टा ब्यबसायी खुल्ला गरिने वडा नं १,र २ लाई पर्यटकीय आर्थिक संग्राहलयको रुपमा प्रबर्दन गरिने बताए । उनले बुटवलको पहिचान जितगढी किल्ला र रामपिथेकस को प्रवद्र्धन गरिने बुटवल नगरीका १४,१५,१६,१७,१८,१९ लाई कृषि जोन को रुपमा प्रवद्र्धन गरिने गरी काम अगाडी बढाउने बताए ।

ज्योतिनगर, लक्ष्मीनगर क्षेत्रमा चुरे क्षेत्रको पहिरोलाई कसरी रोकथाम गर्न सकिने र पानीको मुहान कटान गरी सिद्धबाबा क्षेत्र बाट निकासा गरी तटबन्धनको कार्य गरेको बताउदै उनले बुटवल चौराह देखि चिडिया खोला सम्मको सडकलाई कसरी छिटो छरितो बनाउनका लागी निर्माण ब्यबसायी र बिभाग लाई घचघचाई रहेको बताए ।

कार्यक्रममा बोल्दै निर्वतमान अध्यक्ष प्रदिप शाक्यले आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न व्याक्ति-संघ संस्थाहरुलाई सम्मान गरेका थिए । यस्तै बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उनले सबैको सहकार्यबाट मात्रै संस्था सफल भएको भन्दै आगामी दिनमा अझ बढि सहयोग र सहकार्य गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, बुटवल वडा नं ४ का अध्यक्ष नरिश्वर पौडेल, नेपाली युवा मञ्चका केन्द्रिय अध्यक्ष उदिप श्रेष्ठ, बुटवल उवासंघका उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ, रुपन्देही जिल्लाका पुर्व अध्यक्षहरु आनन्द वझा, सुमोदमान सैजु,अखिलेस गुप्ता, सन्दिप कसौधन, उमेश अमात्य निर्वतनमा अध्यक्ष प्रदिप शाक्य लगायतले आ आफ्नो भनाई राखेका थिए ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ९ : ३७ बजे

क्यान्सरको औषधी सहजताका लागि तोकियो फार्मेसी, नेपालगन्जमा जानकी, भरतपुरमा राजदूत

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

खजुराको एउटै वडामा ७८ बालबालिका र ३१ गर्भवती कुपोषित

खजुरा । यातायात, स्वास्थ्य संस्था र शिक्षाको क्षेत्रमा सुगम मानिएको

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत । पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका