काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धनमा प्रधानमन्त्री आलोपालो गर्ने बारे कुनै पनि सम्झौता नभएको स्पष्ट पारेका छन् । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी सम्झौता भएको भन्ने चर्चाका बीच अध्यक्ष ओलीले गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता नभएको बताएका हुन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘प्रधानमन्त्रीको कार्यकाल बाँडेबाडका चर्चाहरू अखबारमा…